सुर्खेतमा उपचाररत संक्रमित महिलाको मृत्यु

   १२ पुष २०७७, आईतवार १४:४०  

१२ पुस, रौतहट । कोरोना संक्रमणका कारण सुर्खेतमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने ८२ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो र सास फेर्नमा कठिनाई भएपछि, यही पुस १० गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरि सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि उपचारकै क्रममा आज बिहान करिब ८ः४२ बजेको समयमा ती संक्रमित महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।