ट्याक्टर मर्मत गर्ने क्रममा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु
द नेपाल मिडिया
१२ पुष २०७७, आईतवार १३:५०
१२ पुस, रौतहट । रौतहमा ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा शनिबार साँझ बिग्रिएको ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा घाइते भएका चालकको उपचारका क्रममा आज मृत्यु भएको हो ।
घाइते भएका स्थानीय २४ वर्षीय गजाधर राय यादवको शिवदर्शन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।