रौतहटबाट १२ लाख रुपैयाँसहित दुई जना प्रहरी नियन्त्रणमा

   १२ पुष २०७७, आईतवार १२:५७  

१२ पुस, रौतहट । रौतहटबाट स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेक जाँच गर्दा भारत बिहार सितामढी थाना बैरगनिया गाउँ फुलबरिया बस्ने २३ वर्षीय रोहित जैसवाल र सोही ठाउँ बस्ने ४० वर्षीय ललन कुमारको साथबाट ६ र ६ लाख गरी उक्त रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।