बुटवल कोरोना अस्पतालको आइसीयुबाट संक्रमित फरार
१२ पुस, रौतहट । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट एक कोरोना संक्रमित फरार भएका छन् ।
आइसोलेसन अस्पतालबाट बुटवल १३ बेलावस बस्ने ५५ वर्षीय पुरुष शौचालय जाने बहानामा भागेको अस्पतालले जनाएको हो ।
यही पुस ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि, उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ती संक्रमित पुरुषको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा आज बिहान करिब ६ बजेतिर उनी पिसाब फेर्न बहानामा शौचालय गएपछि भागेको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।
प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। अहिलेसम्म फेला परेका छैनन्।






