चितवन कारागारबाट फरार भएका थुनुवा फेरी प्रहरी नियन्त्रणमा
१२ पुस, रौतहट । चितवन कारागार कार्यालयबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।
कालिका नगरपालिका २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठ फरार भएपछि, पुन पक्राउ परेको प्रहरीले जनाएको हो ।
बलात्कार गरेको आरोपमा उनलाई गत साउन २० गते कारागार पठाइएको उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए ।
श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आज रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिए ।