कोरोनाका कारण सहभागी हुन् नपाएका कक्षा १२ को विद्यार्थीहरु पुष १६ गते परिक्षा दिन पाउने
द नेपाल मिडिया
१२ पुष २०७७, आईतवार ११:२५
१२ पुस, रौतहट । गत मंसिर ९ गतेदेखि १६ गतेसम्म भएको कक्षा १२ को परिक्षामा कतिपय परिक्षार्थी विद्यार्थीहरु कोरोना तथा लकडाउनले कक्षा १२ को परीक्षामा सहभागी हुन नपाएका हरुलाई पुन परीक्षा दिन पाउने गरि यहि पुस १६ गते परीक्षा सुचारु हुने राष्ट्रिय परीक्षा बोर्डले सुचना प्रकाशित गरेको छ ।
उता परिक्षार्थीले भने आफू पढेको स्कुलमा परीक्षा दिन पाउनेछन्, भने परीक्षाको समयतालिका बोर्डको वेवसाइटमा राखिएको हो ।