ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको घटनास्थलमै मृत्यु

   १२ पुष २०७७, आईतवार ११:१४  

१२ पुस, रौतहट । गुल्मीमा आइतबार बिहान भएको ट्रक दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजाली रहेका प्रहरीले जनाएको हो ।

ना५ख ३२०४ नम्बरको ट्रक बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ खाद्यन्न बोकेर जाने क्रममा रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।