रौतहटमा जसपाद्धारा संसद विघटनविरुद्ध मसाल जुलुस प्रर्दशन

   ११ पुष २०७७, शनिबार १८:५९  

११ पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले संसद विघटन विरुद्ध मसाल जुगुस प्रर्दशन गरेका छन ।

गौरको बिपी चोकमा जसपाका नेता कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन । ‘ओली तेरो पाराले दुःख पायो साराले’ भन्दै नाराका साथ प्रर्दशन गरेका हुन ।

जसपाका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माँग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।