चितवनमा गैँडाको आक्रमणबाट एक जना गम्भीर घाइते
द नेपाल मिडिया
११ पुष २०७७, शनिबार १३:२७
११ पुस, रौतहट । चितवनमा गैँडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका–११ बस्ने ४५ वर्षीय फुलबहादुर तामाङ घाइते भएका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो ।
शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






