चितुवाको छाला र हड्डीसहित ३ जना प्रहरी नियन्त्रणमा
११ पुस, रौतहट । चितुवाको छाला र हड्डीसहित प्रहरीले तीन जनालाई फेला पारेका छन् ।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका २२ वर्षीय योगेन्द्र धामी र ३५ वर्षीय वीरबहादुर धामी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको हो ।
प्रहरीले दिएका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।






