नशा सम्बन्धी रोगका कारण भलिबल प्रशिक्षक रिमालको निधन

   ११ पुष २०७७, शनिबार १२:२२  

११ पुस, रौतहट । राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको नशा सम्बन्धी रोगका कारण आज निधन भएको छ ।

ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको निधन भएको हो ।

रिमालको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । गतवर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षकसमेत रहेका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आइतबार राखेपमा विदा दिने निर्णय समेत गरेको छ ।