मोरङबाट भारतीय नक्कली नोटसहित दुई जना फेला
११ पुस, रौतहट । भारतीय नक्कली नोटसहित प्रहरीले मोरङको रंगेली नगरपालिका ८ दर्बैसास्थितबाट दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति सवा ७ बजे भारतीय नक्कली नोटसहित केही व्यक्ति भारतबाट नेपाल आउँदै गरेको गोप्य सूचना प्रहरीले पाएको थियो ।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बिआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकललाई शंका गरी जाँच गर्दा चालक भारतको बौका चोप्राहका ३० वर्षीय कुन्दन मण्डल र मोटरसाइकलमा सवार १८ वर्षीय शिवरन्जन सिंहबाट १७ हजार ७ सय रुपैयाँ नक्कली नोट फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ ।