झापामा गाडीको ठक्करबाट एक जनाको मृत्यु
११ पुस, रौतहट । झापाको कमल गाउँँपालिका ५ स्थित सडकखण्डमा गाडीको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा कमल गाउँपालिका ६ का ५३ वर्षीय झुलानाथ खनालको मृत्यु भएको हो ।
आज बिहान करिब ८ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डबाट पूर्वतर्फ जाँदै गरेको मे१ ज. २००४ नम्बरको सुमो गाडीको ठक्करबाट खनाल गभ्मीर घाइते भएका थिए ।
घाइते खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जनाएको छ ।
ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइ यबारे थप अनुसन्धान भइरहेको पण्डितले जानकारी दिए।






