आज थप ६०८ जनामा कोरोना पुष्टि, ८९२ जना संक्रमणमुक्त

   १० पुष २०७७, शुक्रबार १६:३१  

१० पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३७ महिला र ३ सय ७१ पुरुष गरी जम्मा ६ सय ८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ७ हजार ९२ रहेको छ ।

यस्तै, विगत २४ घण्टामा थप ८ सय ९२ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ ।

यसैबीच, कोरोनाका कारण बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसंगै आजसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।