रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

   १० पुष २०७७, शुक्रबार १६:२५  

१० पौष, रौतहट । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन ।

गौरको बिपी चोकमा प्रदर्शन गर्दै जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन । प्रधानमन्त्रीले सँसद विघटन गरे पछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समुहले विरोधमा अलग अलग प्रर्दशनहरु गरि रहेका छन ।

विरोध कार्यक्रममा जसपाका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माँग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।