बर्दियामा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

   १० पुष २०७७, शुक्रबार १३:४८  

१० पुस, रौतहट । बर्दियामा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका २, लठहवा का १८ वर्षीय किशोर र सोही स्थान बस्ने २० वर्षीय युवराज थापा पक्राउ गरेको प्रहरीले जनाएको हो ।

बालिकालाई बारबर्दिया नगरपालिका १, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।