प्रचण्ड-नेपालसहित पक्षका नेताहरु पुगे निर्वाचन आयोग

   १० पुष २०७७, शुक्रबार १२:३३  

१० पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्यसनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि, प्रचण्ड(नेपाल समुहका नेता(कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका हुन् ।

अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ, भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन् । आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्ने छन् ।