भक्तपुरमा भैंसी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
१० पुस, रौतहट । भक्तपुरमा भैँसी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा वीरगंज महानगरपालिका वडा नं. १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको रहेका प्रहरीले जनाएको हो ।
शुक्रबार बिहान ना ६ ख ३९८२ नम्बरको ट्रकसुर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा ट्रकको ढोकामा च्यापिए अन्सारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाईते भएका छन् ।
मृतक अन्सारीको शरीरलाई पोष्टामार्टमका लागी केएमसी अस्पताल दुवाकोट पठाएको प्रहरीले जानकारी दिएको छ ।