डोटीमा स्कार्पियोको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

   १० पुष २०७७, शुक्रबार ११:५१  

१० पुस, रौतहट । डोटीमा स्कार्पियाको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी शिखर नगरपालिका ६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको हो ।

से १ च १००९ नम्बरको स्कार्पियो डोटीबाट धनगढीतर्फ जाने क्रममा बालकलाई ठक्कर दिइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिए ।

स्कार्पियो र त्यसका चालक महादेव गिरीलाई नियन्त्रणमा लिइ यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।