प्रधानमन्त्री र राष्ट्रपति पुत्ला दहन गर्दै; सडकमा जसपा

   १० पुष २०७७, शुक्रबार ११:२१  

१० पुस, रौतहट । जनता समाजवादी पार्टीले शुक्रबार बिहान देशभर प्रदर्शन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष ओलीले यही पुस ५ गते (आइतबार) संसद विघटन गरेसँगै जसपाले यसको विरोध गर्दै आएको हो ।

जसपाको केन्द्रीय समितिले असंवैधानिक संसद विघटन अस्वीकार गर्दै संसदको अधिवेशन संचालन गर्न सभामुखलाई आग्रहसमेत गरिसकेको छ ।

जसपाले भोलि मसाल जुलुस र पुस १२ गते जनप्रदर्शनको कार्यक्रम गर्नै घोषणा समेत गरेको छ ।