भोजपुर बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु
द नेपाल मिडिया
१० पुष २०७७, शुक्रबार १०:३३
१० पुस, रौतहट । भोजपुर नगरपालिका ५ काउलेमा शुक्रबार बिहान भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मे१ज २९८८ नंको बोलेरोले आज बिहान किच्दा चालकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गाडी स्टार्ट नभएपछि आफैँ मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर तामाङलाई किचेको प्रहरीले जनाएको छ ।