बिहीबार थप ६१३ जनामा कोरोना पुष्टि, ७३९ जना संक्रमणमुक्त

   ९ पुष २०७७, बिहीबार १६:५५  

९ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पीसीआर परीक्षण गर्दा ६ सय १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ७ हजार ३ सय ८४ रहेका छ ।

यस्तै बितेको २४ घण्टामा थप ७ सय ३९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४७ हजार ४ सय पुगेको मन्त्रालयले जनाए ।

यसैबीच, कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ, भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप २ सय ४४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १ सय ९९ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।