पोखरामा उपचाररत दुई जना संक्रमितको मृत्यु

   ९ पुष २०७७, बिहीबार १३:१४  

९ पुस, रौतहट । पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमणबाट तनहुँका एक जना र स्याङजाका एक जना गरी दुई जनाको मृत्यु भएको हो ।

यही पुस ८ गते कोरोना पुष्टि भएपछि, उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजेको करिबमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै, स्याङजाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षीया संक्रमित महिलाको बुधबार राति ८ः२० बजे मृत्यु भएको छ ।

उनीमा यही पुस ५ गते कोरोना पुष्टि भएपछि, उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।