प्रहरीमाथि हातपात गरेको आरोपमा २ जना पक्राउ

   ९ पुष २०७७, बिहीबार १२:४४  

९ पुस, रौतहट । ललितपुर महानगरपालिका–२ धोबीघाट चोकमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार साँझ पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका प्रहरीले जनाएको हो ।

बा ८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडेको मान्छेलाई अपशब्द बोलेका थिए ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।