पाँचथरमा श्रीमतीको हत्या गरी श्रीमान फरार

   ९ पुष २०७७, बिहीबार १२:३२  

९ पुस, रौतहट । पाँचथरमा एक पुरुषले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहर गरी हत्या गरेको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका ५ सुभाङमा ३१ वर्षीय धनबहादुर उभरकोटीले गएराति बञ्चरो प्रहार गरी ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या गरेका हुन् ।

टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

हत्या गरी फरार भएका धनबहादुरको खोजतालास भइरहेको प्रहरीले जनाएको छ ।