झापामा लागुऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

   ९ पुष २०७७, बिहीबार ११:२६  

९ पुस, रौतहट । झापामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषधसहित भद्रपुर नगरपालिका–२ का ३५ वर्षीय शेर बहादुर बस्नेत र सोही ठाउँका ३६ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ५ः३० बजको करिबमा उनीहरुलाई नाइट्रोजन, फेनारगन, डाइजेपाम लगायतका लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको थापाले जनाए ।