नेपालमा ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमणमुक्त
८ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार विगत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको डा. गौतमल जनाएका छन् । जसमध्ये हाल नेपालमा ७ हजार ५ सय १५ जना संक्रिय कोरोना संक्रमित रहेका हुन् ।
यस्तै बितेको २४ घण्टामा थप ९ सय ५२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको डा. गौतमले जनाए ।
त्यस्तै, कोरोनाका कारण बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ, भने आजसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ३ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ३ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।