संसद विघटनविरुद्ध रौतहटमा जसपाको विरोध प्रदर्शन
द नेपाल मिडिया
८ पुष २०७७, बुधबार १५:०९
८ पुस, रौतहट । संसद विघटनविरुद्ध आज रौतहटमा जनता समाजवादी पार्टी (नेपाल)जसपाले विरोध प्रदर्शन गरेको छ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदमको विरुद्ध बुधबार जिल्लाको सदरमुकाम गौरमा जसपाले जुलुस प्रदर्शन गरेको हो ।