दोलखामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, एक जना घाइते
८ पुस, रौतहट । दोलखामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ धरमघरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १ जना घाइते भएका छन् ।
ना ३ ख ३२६८ नम्बरको ट्रक नम्बरको ट्रक नवलपरासीबाट तामाकोशीस्थित लामा कन्ट्रक्सनले निर्माण गरिरहेको सडकका लागि जाली बोकेर आउने क्रममा दुर्घटना हुँदा चितवन राप्ती नगरपालिकाका २४ वर्षीय सहचालक बुद्धिबहादुर तमाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरिक्षक अन्जन कोइरालाले कारी दिए ।
चरिकोट जिरी सडकखण्ड अन्तर्गत निर्माणधीन सडकको लागि तारझाली लिएर आएको ट्रक घुम्तीमा पल्टिँदा सहचालकको ट्रकले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा घाइते भएका चालक अर्जुन बरालको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






