मोटरसाइकलको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु
८ पुस, रौतहट । ललितपुरको धोविघाटमा मंगलबार गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रे घर भइ हाल धोविघाट बस्दै आएको २७ वर्षीय गोपिकेष्ण खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
ललितपुर महानगर–३ स्थित धोविघाटमा प्रदेश–३–०२–२०प २३६१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय आभाष महर्जन घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिए ।
घाइते भएका महर्जनका स्टार अस्पतालमा उपचार भइरहेको बज्रचार्यले जनाए ।