मोरङमा मोटरसाईकल चोरी गरेको आरोपमा ४ जना पक्राउ

   ८ पुष २०७७, बुधबार १२:५४  

८ पुस, रौतहट । मोरङ मोटरसाइकल चोरी गरेको ओरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

चोरीमा संलग्न भएका रहेको आरोपमा पक्राउ पर्नेमा बिराटनगर-४ का २० बर्षीय विवेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका-२ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो ।

विराटनगर महानगरपालिका ४ नोबेल अस्पतालको पार्किङ एरियाबाट गत पुस ५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा ६ गते सोमबार राति करिब ८ बजे बिराटनगर ४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी उनीहरु बुढाथोकी मार्गमा र्डोयाउँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।