प्रधानमन्त्री विरुद्ध आज पुल्चोक क्याम्पसमा प्रदर्शन

   ८ पुष २०७७, बुधबार ११:१६  

 

८ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदमको विरोधमा आज पुल्चोक क्याम्पसमा प्रदर्शन भएको छ ।

विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन भएको हो ।

जिल्लाका विभिन्न अरु इञ्जिनियरिङ्ग क्याम्पसका नेता–कार्यकर्ताको समेत उपस्थितिमा भएको उक्त विरोध कार्यक्रम ओलीको कदमको चर्को विरोध प्रदर्शन गरिएको थियो ।

अखिल क्रान्तिकारीबाट शिशिर पन्त र अनेरास्ववियुबाट संयोग पोख्रेलको नेतृत्वमा भएको उक्त कार्यक्रमलाई केन्द्रीय कमिटीबाट सागर अधिकारीले सम्बोधन गरेका थिए ।