बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु

   ८ पुष २०७७, बुधबार १०:४८  

८ पुस, रौतहट । बुटवलमा उपचाररत एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बस्ने ७२ वर्षीय वृद्ध पुरुष रहेका अस्पतालका प्रवक्ता डा. गौतमले जनाएको हो ।

गत मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएपनि उपचारका लागि उनी पुस ४ गते भर्ना भएका थिए ।

संक्रमणपछि कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा संक्रमित वृद्धको मंगलबार गएराति करिब १२ः५ मिनेटमा मृत्यु भएको डा. गौतमले बताए ।

संक्रमित वृद्ध पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा। गौतमले जनाएको छ ।