ओली पक्षधरले जनकपुरमा गरे जुलुस प्रदर्शन
द नेपाल मिडिया
७ पुष २०७७, मंगलवार १५:१९
७ पुस, रौतहट । सांसद विघटनका कारण नेपाल कम्युनिष्ट पार्टी (विभाजन)उन्मुख भएका बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधरले जनकपुरमा जुलुस निकालेका छन् ।
जनकपुरको जुलुसलाई सम्बोधन गर्न पार्टी केन्द्रीय सदस्य समेत रहेका युवा नेता महेश बस्नेत जनकपुर पुगेका थिए ।
केन्द्रमा पार्टी विभाजनको पूर्वाभ्यासका रूपमा समानान्तर केन्द्रीय कमिटी बैठक बसिरहेका बेला जनकपुरमा प्रदर्शन भएको हो ।