कोरोना संक्रमणका कारण पोखरामा एक जनाको मृत्यु

   ७ पुष २०७७, मंगलवार १४:२१  

७ पुस, रौतहट । कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ५ का ६४ वर्षीय पुरुष रहेका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यही मंसिर २९ गते उनमा कोरोना संक्रमण पुष्ट भएको थियो । संक्रमणपछि उनी उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।

उपचारको क्रममा सोमबार राति ८ः२० बजे मृत्यु भएको डा. विनोद विन्दु शर्माले जनाए ।