सरकारविरुद्ध देशभर आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान
७ पुस, रौतहट । सांसद विघटनविरुद्ध नौ विद्यार्थी संगठनहरुले असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलन गर्न नौ विद्यार्थी संगठनले आह्वान गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसं)को संयोजनमा मंगलबार बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, विप्लव निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, गोपाल किराँती सम्बद्ध अखिल (क्रान्तिकारी)का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई सहभागी थिए ।
बैठकले सरकारविरुद्ध देशभर प्रतिरोध आन्दोलन गर्न सबै युवा विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ ।
नौ विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति;