प्रधानमन्त्री पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु

   ७ पुष २०७७, मंगलवार ११:३६  

 

७ पुस, रौतहट । सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

ओली पक्षले बोलाएको बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका हुन् ।

तर, बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी नभई आफू निकट नेताहरुसँग परामर्शमा लागेका स्रोतले जानकरी दिए । आज बिहान मात्रै अर्का अध्यक्ष प्रचण्ड पुल्चोकस्थित उनको निवासमा पुगेका थिए ।