आज थप ७४२ जनामा कोरोना संक्रमण, १०९७ जना संक्रमणमुक्त

   ६ पुष २०७७, सोमबार १७:०१  

६ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । जसमध्ये हाल देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या ७ हजार ९ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप १ हजार ९७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ, भने हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्कामा मात्र थप ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।