नेकपाको निर्णय प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कारबाही गर्ने

   ६ पुष २०७७, सोमबार १६:३३  

६ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धी निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा विघटन र असंवैधानिक अध्यादेश ल्याएर अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सोमबार आयोग पुगेर कारबाही सम्बन्धी पत्र दर्ता गरेका हुन् ।

पार्टी स्थायी कमिटीको हिजोको निर्णय औपचारिक निर्वाचन आयोगलाई जानकारी समेत गराएको पोखरेलले बताए ।