मध्यावधि निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान

   ६ पुष २०७७, सोमबार १६:१०  

 

६ पुस, रौतहट । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् ।

आइतबार प्रतिनिधिसभा विघटन गरेर २०७८ वैशाख १७ गते र २७ गते गरी दुई चरणमा निर्वाचानको घोषणा गरेपछि, आज देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।

‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निणार्यक तत्व जनताको अभिमत हो ।