बानेश्वरमा प्रचण्ड–नेपाल समूहको भेला सुरू
द नेपाल मिडिया
६ पुष २०७७, सोमबार १५:२१
६ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निवर्तमान सांसदहरुको भेला सुरु गरेका छन् ।
संसद् भवन बानेश्वरमा भेला भर्खरै सुरु भएको हो ।
भेलाको सञ्चालन नेता देव गुरुङले गरेका छन् । भेलामा नेकपाका नेताहरु वामदेव गौतम, रामबहादुर थापालगायतका नेता अनुपस्थित छन्, भने पम्फा भुसालले आज आफू आउन नभ्याएको खबर पठाएकी छन् ।