नेकपाका ८७ सांसद असंवैधानिक विघटनविरुद्ध सर्वोच्च जाँदै

   ६ पुष २०७७, सोमबार १२:४६  

 

६ पुस, रौतहट । संसद विघटनको निर्णय विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

नेकपा नेतृ रामकुमारी झाँक्रीले दिएका जानकारी अनुसार सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू बारे सर्वोच्च जाने तयारी गरेको हो ।

सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी समेत गरेका छन् । आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।