गजुरेल भने; दुवै पक्षले बोलाएको सांसदहरुको भेलामा आफू नजाने

   ६ पुष २०७७, सोमबार ११:१६  

 

६ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएका छन्, भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज दिउँसो संसदीय दलको बैठक बोलाएका हुन् ।

तर, दुवै पक्षले बोलाएको सांसदहरुको भेलामा सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका छन् ।

स्थायी कमिटी सदस्य गजुरेलले भने ‘हामीले पार्टी एकताको पक्षमा प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन’, ‘पार्टीमा जुन अवस्था आयो, त्यो निकै दुःखद रहेको छ ।’