नेपालमा ५८८ जनामा कोरोना पुष्टि, १०९७ जना संक्रमणमुक्त
५ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानेकारी अनुसार बिगत २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८८ जनाको कोरोना रिापेर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको डा गौतमले जानकारी दिए । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ८ हजार ३ सय २० रहेको छ ।
यस्तै, बितको २४ घण्टामा थप १ हजार ९७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका डा. गौतमले जनाए । यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको डा. गौतमले जानकारी दिए ।
यसैबीच, कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ८८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप २ सय ३८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म नेपालमा १८ लाख ७० हजार ८ सय ३० वटा पीसीआर नमूना परीक्षण भएका डा गौतमले जानकारी दिए ।