प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी

   ५ पुष २०७७, आईतवार १५:४५  

५ पुस, रौतहट ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन्।

सरकारमा प्रतिनिधित्व गर्ने नेकपामा प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेका हुन्। त्यसका लागि सिंहदरवारमा प्रेस मिट आयोजना गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।