महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

   ५ पुष २०७७, आईतवार १५:२०  

५ पुस, रौतहट । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ मा ट्याक्टर दुर्घटना हुँदा आइतबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले दिएका जानेकारी अनुुसार महोत्तरी गाउँपालिका ४ का २३ वर्षीय ट्याक्टर चालक पप्पु पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

ज १ त ३५७९ नम्बरको ट्याक्टर स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाने क्रममा ट्याक्टर मोडने क्रममा पछाडिको चक्का माटोमा धसिन पुगेको थियो ।

सोही क्रममा अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।