लागूऔषध कारोबार गर्ने एक जना पोखराबाट पक्राउ

   ३० मंसिर २०७७, मंगलवार १२:०८  

३० मंसिर, रौतहट । लागूऔषध कारोबार गर्ने एक जनालाई पोखराबाट पक्राउ गरिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागूऔषध कारोबारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल लागू औषध सहित कास्की माछापुच्छे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला घर भई हाल पोखरा नगरपालिका १९ का ३५ वर्षीय मिन बहादुर तामाङलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।

उनमाथि थप अनुसन्धान भइरहेको बस्यालले बताए ।