सर्लाहीमा कपडाको गोदाममा आगलागी हुँदा एक करोड बराबरको क्षति
२९ मंसिर, रौतहट । सर्लाहीमा गएराति कपडाको गोदाममा आगलागी हुँदा १ करोड बराबको क्षति भएको छ ।
जिल्लाको हरिवन नगरपालिका वडा नं. ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले हालमै सञ्चानल गरेको कपडाको पसमा आइतबार गएराति करिब १२ः३० बजेको समयमा आगलागी हुँदा १ करोडभन्दा बढीको नै क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
गोदाम र पसलमा भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा १२ः३० मा भएको आगलागी राति २ः२० बजेको समयमा नियन्त्रणमा आएको प्रहरी जनाए ।
घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी कसरी भयो भन्ने कारण खुल्नसकेको छैन ।






