बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

   २४ मंसिर २०७७, बुधबार १३:३४  

२४ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत अर्घाखाँचीको धारापानी ४ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि, उपचारका लागि अस्पतालमा उनी भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि पीसीआर परीक्षण गराउँदा यही मंसिर १ठ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार राति करिब ९ः३० बजे उपचारकै क्रममा संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाए ।