भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै बेपत्ता

   १७ भाद्र २०८३, बुधबार ०९:४६  

१७ भदौं, रौतहट । रसुवामा आएको भोटेकोशी नदीको भीषण बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। बाढी प्रभावित क्षेत्रबाट आज बिहानसम्म १ हजार १२७ जनाको शव फेला परेको जनाइएको छ।

बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। उद्धार कार्य जारी रहे पनि ४ हजार ८५८ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य भइरहेको बताइएको छ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति पुगेको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।